सतिसलाल आचार्यले बेलायतमा दर्ता गरेको कम्पनी मार्फत किने एनसेल

सतिसलाल आचार्यले बेलायतमा दर्ता गरेको कम्पनी मार्फत किने एनसेल

  • शनिबार, मंसिर १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एनसेलको ८० प्रतिशत सेयर व्यवसायी सतिशलाल आचार्यले किनेका छन्। आजियाटा समूहले एनसेलको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युकेलाई बेचेको हो। स्पेक्ट्रलाइटका संचालक आचार्य हुन्। आचार्यको कम्पनीले आजियाटाको हिस्सा किन्न सेयर पर्चेज एग्रिमेन्ट गरेको एनसेलले पुष्टि गरेको छ।

स्पेक्ट्रलाइट २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो। जसमा सतिशलाल आचार्यको लगानी छ।बुधबार आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको थियो। यो सतिसलालकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा छ । अहिले एनसेलमा २० प्रतिशत स्थानीय साझेदार रहेको सुनिभेरा क्यापिटल भेन्चरमा समेत आचार्य परिवारको स्वामित्व छ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी थियो।

त्यतिबेला एनसेलको सेयर बिक्रीका लागि टेलियासोनेरा युटिए होल्डिङ, एसइए टेलिकम इन्भेष्टमेन्ट, निरज गोविन्द श्रेष्ठ, आजियाटा र सुनिभेरा भेञ्चर क्यापिटलले सेयर खरिद बिक्री सम्झौता गरेका थिए। आजियाटाले एनसेलमा ८० प्रतिशत स्वामित्व होल्ड गर्ने रेनल्ड होल्डिङ्सको शतप्रतिशत स्वामित्व लिन १ अर्ब ३६ करोड ५१ लाख डलर अर्थात तत्कालीन विनिमय दरअनुसार एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी तिरेको थियो।

एनसेलबाट आजियाटा समूह बाहिरिनुको प्रमुख कारण भनेको दूरसञ्चार ऐन २०५३ नै मानिएको छ।

दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ। ६ वर्षपछि एनसेल सरकारी स्वामित्वमा जाने देखिएपछि आजियाटा बाहिरिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी