एमडिएमएसमा दर्ता नभएका महङ्गा मोबाइल ब्लक गर्ने प्राधिकरणको तयारी

एमडिएमएसमा दर्ता नभएका महङ्गा मोबाइल ब्लक गर्ने प्राधिकरणको तयारी

  • आइतवार, कार्तिक १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएसमा दर्ता नभएको करिब ५० लाख फोन मध्य पहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्न प्राधिकरण पछि हट्दै आएको थियो । गत जेठबाटै लागू गर्ने भनेपनि पटक पटक विवादमा फस्दा एमडिएमएस लागू हुन सकेको थिएन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भोलिदेखि दर्ता नभएका मोबाइल ब्लक गरिने बताए । ‘पहिला हामि हाई रेन्जका फोनबाट बन्द गर्न सुरु गछौं । एक लाख ५० हजार माथिका फोन पहिलो चरण ब्लक गछौं’ उनले भने ‘ यस्ता हाइरेन्जका फोन ३५ सय हाराहारी छन’ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी