तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

  • आइतवार, कार्तिक १९, २०८०
  • मुना न्यौपाने

  • 8.3K
    SHARES

काठमाडौँ, १९ कार्तिक । भृकुटीमण्डपमा पांच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।
६२ वटा स्टलमा बिभिन्न जातका फलफुल बिरुवा तथा नर्सरीहरु प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफुल, नर्सरी, जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमलालगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामग्रीहरुको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरुबाट ५० हजारदेखि १० लाख बढीसम्म ब्यवसायीहरुले फलफूल,बिरुवा तथा औजारहरुको व्यापार गरेको बताइएको छ ।
तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्याधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । एकै ठाउँमा धेरै जात जातिका आउटडोर इन्डोर प्लान्टहरु छानीछानी पाइने भएकोले फूल बिरुवाका पारखीहरुको मेलामा भीड लागेको र आफुले उत्पादन गरेको फलफूल तथा बिरुवाको राम्रो बिक्री भएकोमा व्यवसायीहरु खुशी देखिए ।
मेलाको अन्तिम दिन शनिबार ग्राहकहरुको अत्याधिक भीड लागेकोले स्टलहरु नै खालि हुनेगरी फलफूल तथा बिरुवाको बिक्री भएको आयोजकले जनाएको छ । नर्सरी व्यवसायीसंघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलोपटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ ।
व्यवसायीहरुले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरुको आयोजना गरिरहने एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी