जाजरकोटमा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।
चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले बताएका छन्।
उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो। चीनले दिन लागेको राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन्। भूकम्पपीडितलाई दिन लागिएको राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने उनले बताए। राजदूत सङले आपतमा परेका नेपालीका लागि थप राहत घोषणा हुने बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline