कञ्चनपुर ,कात्तिक १७
कञ्चनपुरमा प्रहरीले भन्सार चोरी छली, तस्करी विरूद्व कडा रूपमा प्रस्तुत भएसंगै फेरी अबैध समान बरामद गरेको छ । विहिबार भन्सार छली गरी अबैध रूपमा भारतर्फ लैजादै गरेको ६ लाख बढिको अबैध समान दोधारा चाँदनीको सिमा क्षेत्रबाट बरामद् गरेको हो ।
ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरिक्षक होम प्रकाश चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ बयल बन्दस्थित नेपाल भारतको सिमा नजिक भन्सार छलीगरी अबैध रुपमा भारत तर्फ निर्यात गर्ने उद्देश्यले लुकाई छिपाई राखेको १०० पेटी लाईटर र ओखर ६० केजि गरि जम्मा अन्दाजी रू ६ लाख ७४ हजार मुल्य बराबरको सामान सहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता डिएसपि प्रकाश डाँगीले जानकारी दिनु भयोको छ ।
सामान सहित पक्राउ पर्नेमा भारतिय नागरिक चम्पावत पोष्ट बनवासाका अन्दाजि ३४ बर्षिया दिपक जोशी रहेको डिएसपि डाँगीले बताउनु भयो ।
उनका अनुसार बरामद गरिएको समान र मानिसलाई आवश्यक कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचौकि पठाएकाे बताए ।