रसुवाका ग्रामीण सडक खुला

रसुवाका ग्रामीण सडक खुला

  • बिहिबार, कार्तिक ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

रसुवा, ९ कात्तिक : वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।

नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा रहेका लेदो र ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिनुभयो । आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ ।

यस्तै उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाइँकुण्ड तथा आमाछोदिङ्मो क्षेत्रका सडकसमेत सञ्चालन भइरहेको छ ।

पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए ।

ठूलो भार्खुडाँडा, सानुभार्खु भिर, याङ्याङको भोटेकोशी पुलनजिक र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा भने सडक सुधार हुन नसक्दा सवारी चालक हैरानीमा पर्ने गरेका त्यहाँका सवारी चालकको गुनासो थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी