होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

  • बिहिबार, कार्तिक २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । यसले वृद्धहरूको सङ्ख्या बढी भएको जापानमा श्रम अभावको समाधानमा सहयोग गर्ने बताइएको छ ।

होन्डाले विज्ञप्तिमार्फत सान फ्रान्सिस्कोमा रहेको सेल्फ ड्राइभिङ कार अपरेटर क्रुजद्वारा सहविकास गरिएको यो परियोजनाले जापानमा नयाँ प्रकारको गतिशीलताको अनुभव प्रदान गर्ने बताएको छ ।

“यो एउटा उन्नत गतिशील समाज प्राप्तितर्फ एउटा मुख्य कदम हुनेछ”, होन्डाका प्रमुख कार्यकारी तोसिहिरो मिबेले भन्नुभयो ।

यो परियोजनाले ट्याक्सी र बस ड्राइभरको कमीजस्ता जापानले भोगिरहेको सामाजिक मुद्दालाई पनि सम्बोधन गर्न सहयोग गर्ने लक्ष्य लिएको होन्डाले जनाएको छ ।

तीव्ररूपमा वृद्धहरूको बढिरहेको जनसङ्ख्या र श्रमको कमीसँग लगातार सङ्घर्ष गरिरहेको जापान सरकारले स्वायत्त सवारीलाई प्रश्रय दिँदै आएको छ ।

सन् २०२० मा केही परिस्थितिमा पूर्ण नियन्त्रण गर्न सकिने सक्षम सवारी साधनहरूलाई सार्वजनिक सडकमा चलाउन अनुमति दिने मुलुकमा जापान पहिलो बनेको थियो ।

टोयोटा र निसानजस्ता सवारी साधन निर्माता कम्पनीले पनि स्वचालक बस तथा ट्याक्सीको परीक्षण गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी