अन्य देशको तुलनामा नेपालको दुरसञ्चार सेवा सस्तो छ : अर्याल

अन्य देशको तुलनामा नेपालको दुरसञ्चार सेवा सस्तो छ : अर्याल

  • बिहिबार, अशोज २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्दर्भिक नभएको बताउनु भएको छ ।

सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित प्रवन्ध निर्देशक अर्यालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताउनु भयो ।

उहाँले सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गर्नुभयो । उहाँले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको जिकिर गर्नुभयो । उहाँले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दुरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताउनु भयो ।

उहाँले २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/८९मा आउँदा १९.६९ पैसा रहेको बताउनु भयो । उहाँले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गर्नुभयो। उहाँले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताउनु भयो । अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि वक्यौता रकम तिर्न बाँकी नरहेको बताउनु भयभो ।
उहाँले जिएसएम मोबाइल लाइसेन्सको २०८१ बैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार वक्यौता रकम बुझाउने बताउनु भयो। उहाँले दूरसञ्चार सेवा शुल्क बढाउने भन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताउनु भयो ।

उहाँले टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी