टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्नलाई हो, व्यक्तिगत फोन ट्याप गर्न होइन : अध्यक्ष खनाल

टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्नलाई हो, व्यक्तिगत फोन ट्याप गर्न होइन : अध्यक्ष खनाल

  • सोमवार, अशोज २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

कठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताउनुभएको छ ।

आईतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप नगर्ने बताउनुभएको हो ।

उहाँले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बद्मासी भएको छ भन्ने विषय रोक्नको लागि टेरामक्स आवश्यकता परेको बताउनु भयो। उहाँले टेलिमकको डेटा प्रयोग भए नभएरको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खाजेको बताउनुभयो ।

उहाँले टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको बताउनुभयो । उहाँले टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो की भएन भनेर टोटलमा हेर्ने भएकोले व्यक्तिगत डेटा दुरुपयोग हुन नसक्ने बताउनुभयो ।

उहाँले टेलिकम सेक्टरमा २०७४/०७५,सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएको बताउनुभयो । उहाँले फोर जी सेवा बिस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको बताउनुभयो । उहाँले त्यसबिचमा फोनको पैसा,एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजश्व घटेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी