टिङ्करमा मोबाइल सुविधा पुर्यायो नेपाल टेलिकमले

टिङ्करमा मोबाइल सुविधा पुर्यायो नेपाल टेलिकमले

  • बुधबार, अशोज १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, १७ असोज : नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत टेलिफोन गर्न सक्ने भएका छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिङ्कर क्षेत्रमा रहेका करिव पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन् ।

करिब तीन हजार ७०० मिटरको उचाईमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङ्रुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानसमेतमा समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिङ्करसमेतमा सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी