अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म

  • आइतवार, अशोज १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १४ असोज : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ ।

राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (कार्तिक २४) को सन्दर्भ पारेर उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले  जानकारी दिनुभयो । विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित चित्रकला तथा वक्तृत्वकला प्रतियोगितामा ईच्छुक विद्यार्थीले नासोको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सक्ने उहाँले बताउनुभयो ।

भट्टराईका अनुसार एघारौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालन गरिने यस वर्षको प्रतियोगितामा कुनै दर्ता शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ रहेको उहाँले जानकारी दिनुभयो । सातौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाँचाैँ राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने नासोले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमश: नगद रू १० हजार, रू पाँच हजार र रू तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष भट्टराईले बताउनुभयो । दुवै प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी