काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने भएको छ ।
हिमालयन रिइन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले ३ करोड कित्ता आईपीओ ल्याउनेछ। आईपीओ बिक्रीबाट कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ रकम उठाउनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
अब सेबोनले अनुमति दिएपछि आईपिओ जारी गर्ने बाटो खुल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline