नेपालमा रासायनिक मल कारखाना निर्माणको सम्भाव्यता अध्ययन गर्न समझदारी

नेपालमा रासायनिक मल कारखाना निर्माणको सम्भाव्यता अध्ययन गर्न समझदारी

  • बिहिबार, असार २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नेपालमा लामो समयदेखि रासायनिक मल उत्पादको कुरा भैरहँदा आज सम्भाव्य अध्ययनको समझदारी भएको छ।

लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको हो।

नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच बिहीबार समझदारी भएको हो ।

समझदारीपत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार जर्मन कम्पनीले २४ महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने छ। जर्मन कम्पनीले गरेको प्रस्ताव अनुसार वार्षिक सात लाख टन मल उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान छ।

जसका लागि ७१ करोड ४० लाख अमेरिकन डलर अर्थात करिब ९३ अर्ब ५३ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी