अबदेखि ट्वीटरको लागो परिवर्तनः नीलो चराको ठाँउमा कुकुर

अबदेखि ट्वीटरको लागो परिवर्तनः नीलो चराको ठाँउमा कुकुर

  • मङ्लबार, चैत्र २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं। इलन मस्कले ट्‍वीटरको लोगो परिवर्तन गरेका छन्। मंगलबार मस्कले लोगोबाट निलो चरा हटाएर कुकुर राखेका छन्।

मस्कले एक प्रयोगकर्तालाई ट्‍वीटमा आफूले गरेको वाचा पुरा गरेको पनि बताएका छन्। मस्कले गत अक्टोबरमा ट्‍वीटर खरिद गरेदेखि धेरै परिवर्तन गर्दै आइरहेका छन्। जस्तै ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीइओ पराग अग्रवाललाई हटाउने कार्य समावेश थियो।

सामान्यतया एउटा एप भित्रको आइकन स्व्याप आउट वा थप्नु समाचार होइन। यस अवस्थामा क्रिप्टोकरेन्सी लगानीकर्ताहरूले ट्‍वीटरको एपमा यसको लोगो समावेश गरेपछि डोजकोइनको मूल्य एकदमै उच्च भयो। छोटकरीमा भन्दा सामाजिक मिडिया सेवाको अपडेटले पम्पको नेतृत्व गरेको छ।

यो कुकुर भएको लोगो एउटा क्रिप्टोकरेन्सीको फोटो हो। त्यसैले गर्दा यसको मूल्यमा पनि उच्च वृद्धि भएको छ। यो क्रिप्टोकरेन्सी मस्कलाई मन पर्ने एउटा क्रिप्टोकरेन्सी हो।

ट्‍वीटरको लोगो परिवर्तन हुने बित्तिकै प्रयोगकर्ताहरू छक्क परेका छन्। कसरी यस्तो लोगो आयो भनेर एक अर्कालाई प्रश्‍न गर्न थालेका छन्।

एक प्रयोगकर्ताले सबैले लोगोमा कुकुर देखिरहेका छन्रु भनेर सोधेका थिए। हेर्दाहेर्दै ट्‍वीटरमा ह्यासट्याग डोज ट्‍वीट हुन थाल्यो। प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्‍वीटर ह्‍याक गरेको छ। केही समयपछि, एलन मस्कले एउटा ट्‍वीट गरे, जसले ट्‍वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट गर्‍यो।

यस्तै पछिल्लो समय कम्पनीको नयाँ सीइओको रुपमा कुकुर राखेर परिवर्तनको संकेत गर्दै ट्‍वीट पनि गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी