सर्लाहीको भरत तालः छिमेकी भारतीय र आन्तरीक पर्यटक आउने क्रम बढ्दो

सर्लाहीको भरत तालः छिमेकी भारतीय र आन्तरीक पर्यटक आउने क्रम बढ्दो

  • शनिबार, चैत्र १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

सर्लाही चैत्र १८ । सर्लाही जिल्लाको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । केही समय अघि मात्रै पर्यटन मन्त्री सुदन किराँती समेत पुगेर भरत तालको अवलोकन गरी डुंगा शयर गरेर फर्किएका थिए ।

सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागमती नदीको उकास जमीनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण शुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए। हालसम्म डीपीआरको करीब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा २ अर्ब रुपैयाँ लाग्नेछ । ताल बनाउन ७५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। १०१ बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैंचाका साथै रिसोर्ट गरी १२१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ ।

नगरको विकासको गौरवको रुपमा निर्माण शुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको –४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए ।

नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सृजना गर्ने योजनाले ताल निर्माणको काम भएको हो ।१ हजार ४०० मिटर लम्बाइको तालको हालसम्म ७०० मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करीब १८ लाख घनमिटर पानी छ । सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित १२१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् ।

ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैंचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरु पर्वत बनाउने योजना रहेको उनको भनाइ छ । तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए ।

पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ । तालले संस्कृति जगेर्ना, पर्यटन प्रवर्द्धन र सिंचाइमा सघाउ पुग्नेछ । भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो ।

नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक९सम्पन्न, विपन्न र सुकुम्बासी० र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन शुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण शुरु गरिएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।

यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२र ०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर ७ हजार ३०० घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो ।

जग्गा भएकालाई फिर्ता पठाएर करीब अढाइ सय बिघा जमीन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमीनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो ।

अहिले यो तालमा डुंगा शयर गर्न ठूलो संख्यामा भारतीय र आन्तरीक पर्यटकहरु आउने गरेका छन् । यसबाट नगरले मनग्य राजस्व संकलन गर्न थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी