फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

  • बुधबार, चैत्र १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाण्डौ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो।

त्यतिबेला कम्पनीले ११ हजार जनालाई जागिरबाट हटाएको थियो। मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताएका छन्।

१० हजार जागिर बन्द गर्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिनेछ। जुकरबर्गले कर्मचारीलाई सन्देशमा लेखेका छन्, ‘२०२२ मा कम्पनीले आफ्नो राजस्वमा उल्लेखनीय गिरावट आएको थाहा पाएपछि कम्पनीलाई झट्का लाग्यो।’

जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वको अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको बताए। जुकरबर्गले भनेका छन्, ‘मलाई लाग्छ कि हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनकि यो अवधि अलि लामो हुनेछ।’

मेटाको यो कदम यस्तो समयमा आएको हो जब गुगल र अमेजन जस्ता ठूला कम्पनीले पनि यस्तै समस्याको सामना गरिरहेका छन्।

यस वर्षको सुरुमा अमेजनले १८ हजार जागिर खारेज गर्ने घोषणा गरेको थियो। ‘कोरोना महामारी’ को समयमा ‘अनिश्चित अर्थतन्त्र’ र अव्यवस्थित रोजगारी सिर्जनाका कारण यस्तो गर्नुपरेको कम्पनीले जनाएको छ।

गुगलको मालिक अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी