फागुण १९ काठमाण्डौँ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ।
आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्।
प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको छ। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline