नेपाल टेलिकमको फाईभ जी परीक्षण शुरु

नेपाल टेलिकमको फाईभ जी परीक्षण शुरु

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

माघ २२ काठमाडौं । नेपाल टेलिकमले आज आइतबारदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सुरू गरेको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको हो । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।

सोही सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीहरूले मात्रै गर्न पाउने भएका छन् । सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।

२ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत टेलिकमले फाइभजी सेवाको सुरू गर्न थालेको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सर्वसाधारणका लागि सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी