सरकारको केन्द्रीय सर्भर सञ्चालन, पाँच घन्टापछि खुल्यो सरकारी वेवसाइटहरू

सरकारको केन्द्रीय सर्भर सञ्चालन, पाँच घन्टापछि खुल्यो सरकारी वेवसाइटहरू

  • शनिबार, माघ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १४ माघ । सरकारको केन्द्रीय सर्भर करिब पाँच घन्टापछि सञ्चालनमा आएको छ। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेवसाइटहरू खुल्न थालेका छन्।

यसअघि सर्भर डाउन हुँदा सरकारी वेवसाइटहरू ठप्प भएको थियो। सरकारी वेवसाइट र सफ्टवेयरहरू नचल्दा अति आवश्यब कामहरू पनि प्रभावित बनेको थियो।

राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले प्राविधिक कारणले सर्भर डाउन भएको बताए। उनले भने, प्राविधिक समस्या आएर सर्भर डाउन भएको थियो। समस्या समाधान भयो। सरकारी वेवसाइटहरू खुलिसके।

उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र परेका र्थि । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेपछि समस्या भएको हो ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी