अमेरीका, जर्मन र बेलायती घातक ट्यांक नष्ट गर्न रुसले तयार पार्यो रोबोर्ट टयांक 

अमेरीका, जर्मन र बेलायती घातक ट्यांक नष्ट गर्न रुसले तयार पार्यो रोबोर्ट टयांक 

  • शुक्रबार, माघ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी माघ १३ । अमेरीकाले घातक अब्राहम ट्यांक, जर्मनीको लियोपार्ड २ र बेलायतको च्यालेन्जर २ ट्यांक युक्रेनमा आउने भएपछि त्यसलाई नष्ट गर्न रुसले नयाँ रणनीति तयार पारेको छ ।

रुसले ती नोटो देशका ट्यांकहरुलाई नष्ट गर्न मार्कर कम्ब्याट रोबोर्ट ट्यांक टेष्ट गरेको छ ।

ती रोबोर्ट ट्यांकहरुलाई फेब्रुअरी मै युक्रेनको डोनबासमा तैनाथ गरिने रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो रोबोर्टले पश्चिमा देशहरुले युक्रेन पठाउने ट्यांकलाई स्वचालित रुपमा डिटेक्ट गरेर ध्वस्त पार्ने रोस्कोमोसका पूर्व प्रमुख दिमित्री रोगोजिनले दावी गरेका छन् ।

उनका अनुसार यस रोबोर्टले पश्चिमा ट्याकहरुको उचित लोकेसन, तस्वीर क्याच गर्ने र त्यसपछि सटिक प्रहार गरेर नष्ट गर्न सक्षम हुने छ । यसमा स्वचालित रुपमा यी काम गर्ने ईलेक्ट्रो म्याग्नेटिक सिस्टम फिट गरिएको छ । उसले अटोमेटिक रुपमा उचित दुरीमा आएपछि ती ट्यांकहरुलाई एन्टी ट्यांक मिसाईल सिस्टमबाट नष्ट पार्नेछ ।

यसका उत्पादकहरुले यो रोबोर्टले दुष्मनको ड्रोन नष्ट पार्न १६ वटा ड्रोन समेत बोक्नेछ । आर्टिफिसियल ईन्टेलिजेन्सको माध्यमबाट रोबोर्टले आफै सबै कार्यहरु पूरा गर्ने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी