बस्ती र उर्बराभूमि जोगाउन लालझाडी स्थित दोदा नदीमा तटबन्ध निर्माण गरिदै

बस्ती र उर्बराभूमि जोगाउन लालझाडी स्थित दोदा नदीमा तटबन्ध निर्माण गरिदै

  • शनिबार, पुस २३, २०७९
  • डम्मर दत्त भट्ट

  • 4.1K
    SHARES

कञ्चनपुर, २३ पुष
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । कटानीको उच्च जोखिममा रहेको दोदा नदीमा तटबन्ध निर्माण कार्य शुरु गरिएको हो ।
चुरे भएर दक्षिण बग्ने दोदा नदीले हरेक बर्षातका समयमा लालझाडी गाँउपालिकामा बाढिले क्षति पु¥याउँदै आएको छ । आउँदो बर्षात आउन ६ महिना अवागै दोदा नदीको उच्च कटानी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको हो ।
दोदा नदीले सबैभन्दा बढि लालझाडी क्षेत्रमा विपद् जोखिम निम्तिाए पछि सरकारी निकायले समेत उच्च प्राथमिकताका साथ तटबन्ध निर्माणको योजना अघि सारेको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ७ कञ्चनपुरले चालु आर्थिक बर्ष २०७९÷०८० मा दोदा नदीमा ११ सय २० मिटर लम्बाई र ५ मिटर जति उचाईको तटबन्ध निर्माण गर्न लागेको छ ।
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयका सुचना अधिकारी अरुण कुमार शाहले लालझाडी गाँउपालिका २ र ३ वडा कटानी उच्च प्रभावित क्षेत्रमा तटबन्ध निर्माण शुरु गरिएको बताए । सुचना अधिकारी शाहका अनुसार प्रसंसा, भागेश्वर जेभीले ११ सय २० मिटर तटबन्ध निर्माणको जिम्मा पाएको बताए । ‘हामीले तीन स्थानमा तटबन्ध निर्माण गर्न ठेक्का लगाएका छौँ, ‘उनले भने, ‘आवश्यकता अनुरुप तटबन्ध निर्माण गरिएको छ ।’ ५ करोड ९१ लाख लागतमा तटबन्ध निर्माणका लागि एक बर्षको समयसीमा दिईएको छ ।
कटानीबाट प्रभावित भएका जनता समेत तटबन्ध निर्माण हुन थालेपछि उत्साहित भएका छन । लालझाडी गाँउपालिका २का स्थानीय लाल सिह रानाले नदीको कटानी रोक्नका लागि तटबन्ध निर्माण शुरु गरिएसंगै उर्बराखेतबारी जोगिने बताए । ‘दोदा नदीले मेरो १३कट्टा जमिन कटानी गरिदियो, ‘उनले भने, ‘तटबन्धको काम भईरहेको छ, बाँचेको जमिन पनि कटानीबाट रोकिने आशा छ ।’ लालझाडीका एमाले युवा अगुवा नेता अमर सिह रानाले विगतदेखिको बारम्बार पहल र गत स्थानीय तहमा चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप तटबन्धको काम अघि बढेको बताए । ‘हामीले पहिल्यैदेखि कटानी नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय तीनै सरकारका निकायसंग निरन्तर पहल गरेका थियौँ, ‘उनले भने, ‘अहिले आएर हामीहरुको समस्या केही हदका लागि समाधान हुनेछ ।’ अहिले निर्माण हुने तटबन्धले सयौँ किसानको जमिन कटानी र दर्जनौँ स्थानीय डुवानबाट सुरक्षित हुने बताए । बाँकी नदी नियन्त्रणका लागि समेत सरकारी निकायले थप प्रयास गर्नुपर्ने उनको माग छ ।

प्रसंसा भागेश्वर जेभीका संचालक पदमराज बोहराले समयमै गुणस्तरिय काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मैले कार्यालयसंग सम्झौता भए अनुरुप काम गर्छु, ‘उनले भने, ‘गुणस्तरिय सन्तोषजनक काम गर्छु ।’
लालझाडी गाँउपालिका ३ का वडाध्यक्ष टीकाराम चौधरीले अहिले निर्माण हुने तटबन्धबाट उर्बराभूमि कटानीबाट जोगिने बताए । ‘अहिले जे जति तटबन्ध निर्माण हुन्छ, ‘उनले भने, ‘त्यसबाट केही राहत पुग्छ ।’ लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले तटबन्ध निर्माण कार्यलाई थप विस्तार गरिने बताए । ‘अहिले जति निर्माण भएको छ, त्यसमा पालिकाबाट समेत प्रदेश र संघमा बजेट मागेर पहल गछौँ, ‘उनले भने, ‘लालझाडी क्षेत्रमा पर्ने नदी नियन्त्रणका लागि पालिबाट पहल गछौँ ।’ नदी नियन्त्रण नहुँदा लालझाडी विपद्को उच्च जोखिममा रहेको बताउँदै उनले निरन्तर कटानी रोक्नका लागि योजना अघि सारिने बताए । तटबन्ध निर्माण भएसंगै लालझाडीको उर्बराभूमि कटानीबाट जोगिने र जसबाट किसान प्रत्यक्ष लाभान्वित हुनेछन ।

जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ७ कञ्चनपुरका प्रमुख श्रीप्रशाद शाहले दोदाको उच्च कटानी प्रभावित क्षेत्र छनौट गरेर तटबन्ध निर्माण गरिने बताए । ‘बाँकी नदी नियन्त्रणका लागि समेत थप बजेट माग गछौँ, ‘उनले भने, ‘बजेट प्राप्त भए थप योजना समेत अघि बढाउँछौँ ।’ कार्यालय प्रमुख शाहले दोदा सहित महाकाली, मोहना र खुटियामा तटबन्धको काम भईरहेको बताए । दोदा नदीले कृष्णपुर नगरपालिका २, शुक्लाफाँटा नगरपालिका १२, बेलौरी नगरपालिका ५, पुनर्वास नगरपालिका केही वडा र लालझाडीका सबै वडामा कटानी पटानी गर्दै आएको छ । स्थानीले दोदा नदीको हेड टु टेलसम्म दायाँबाया तटबन्ध निर्माण गर्नुपर्नेमा जोडदिदै आएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी