भिभोको सन् २०२३ का योजना : नवीन उत्पादन तथा पहल सार्वजनिक गर्ने

भिभोको सन् २०२३ का योजना : नवीन उत्पादन तथा पहल सार्वजनिक गर्ने

  • बिहिबार, पुस २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ । भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ। सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ।

भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो। डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरु र सेवाहरुमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरुमध्ये एक बनेको छ।

भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरु, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्सलगायत अत्याधुनिक विशेषताहरुमार्फत प्रयोगकर्तालाई आश्चर्यचकित बनाउँदै आइरहेको छ। स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरु सार्वजनिक गर्नेछ।

नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ। यी संख्या निरन्तर बढ्दै गइरहेका छन्। यसका लागि ग्राहकले दिएको माया र प्रशंसाका लागि कम्पनीले धन्यवाद दिएको छ। विश्वव्यापी रुपमा पनि यो ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरुलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरु विशेषगरी भी२३ र भी२५ सिरिजहरु सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गर्यो। वाई३३एस, वाई०१, वाई५५, वाई१५सी, वाई३५, वाई२२, वाई१६ र वाई२२एसको लन्चहरुसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई शृङ्खलाले पनि विस्तारको अनुभव गरेको छ। यसबाहेक ब्रान्डको वाई२०, वाई२१ई र वाई२३ई स्मार्टफोनहरुको मूल्य क्रमशः रु.२० हजार ९९९ र रु.३७ हजार ९९९ र ४१ हजार ९९९ मा घटाएको छ।

भिभोले भी२३ फाइभजीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२५ फाइभजीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ। रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ। ब्रान्डले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी