एनसीसी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांस पारित

एनसीसी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, ११ प्रतिशत लाभांस पारित

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, २ मंसिर ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न साधारणसभाले सन्चालक समितिको ९१२ औं बैंठकले प्रस्ताव गरेको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।
आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोेछ । त्यसै गरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेकोछ ।
यस्तै सभाले सन्चालक समितिको पच्चीसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन, प्रवन्धपत्र संशोधन लगायत सबै प्रस्तावहरु परित गरेको छ । एनसीसी र अन्य बैंक तथा वित्तिय संस्थासँग गाभिने मर्ज वा प्राप्ती गर्न, बैंकको चल अचल सम्पत्ति , दायीत्व तथा कारोबारको मूल्यांकन गर्न लगायतको सबैकार्यको लागि सन्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
एनसीसी बैंक र कुमारी बैंकबीच मर्जरमा जाने सम्झौता भईसकेको छ । साधारणभालाई सम्बोधन गर्दै एनसीसीका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले पुस बाट नै संयुक्त कारोवार हुने पनि जानकारी दिए ।

मर्जर पछाडी बैंकको नाम कुमारी बैंक रहनेछ भने हाल एनसीसी बैंकका सिइओ रमेश राज अर्याल बैंकको सिइओ कायम रहनेछन् । दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । सन्चालक समितिमा एनसीसीका ४ जना र कुमारीको ३ रहने पनि अध्यक्ष न्यौपानेले जानकारी दिएका थिए । समान हैसियतमा दुई बैंक मर्जर मा जान लागेको पनि उनले स्पष्ट पारे ।

साधारणसभामा वार्षिक प्रतिवेदनमाथि धारणा राख्दै अधिकाशं शेयरधनीहरुले मर्जर मा जाँदा एनसीसी बैंकको पनि नाम रहने गरि जान सके राम्रो हुने सुझाव पनि दिएका थिए ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

साधारणसभामा बैंकका पूर्व अध्यक्ष जीतबहादुर श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी