नेप्से घट्यो, कारोबार एक अर्ब ४० करोड

नेप्से घट्यो, कारोबार एक अर्ब ४० करोड

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, २३ कात्तिक । बुधबार नेप्से परिसुचक राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार आज सेयर बजार २ प्रतिशतले घटेको हो । १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा चार वटा कम्पनीकाे सेयर वृद्धि भएको छ भने १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।

बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।

साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी