लुम्बिनी बिकास बैंक लि. र नेशनल प्याब्सन – मधेश प्रदेश समिती बीच सम्झौता

लुम्बिनी बिकास बैंक लि. र नेशनल प्याब्सन – मधेश प्रदेश समिती बीच सम्झौता

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

लुम्बिनी बिकास बैंक लि. र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समिती बिच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेश सँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरु लाइ दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गनुभयो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समितीका प्रदेश सचिव जितेन्द्र प्रसाद यादव, सह सचिव के. एस. फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बु, सोना लाल पटेल, उत्तम गुप्ता लगायत , अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी