६० वर्षमा सबै भन्दा गर्मी र सुख्खाः चीनले क्रित्रिम बादल र बर्षा यसरी गराउदैछ

६० वर्षमा सबै भन्दा गर्मी र सुख्खाः चीनले क्रित्रिम बादल र बर्षा यसरी गराउदैछ

  • शनिबार, भदौ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 40.3K
    SHARES

एजेन्सी भदौ ११ । चीनमा ६ दशक यताकै बढी गर्मी र सुख्खा बढेर नदीहरु समेत सुक्न थालेपछि क्रित्रिम रुपमा बादल छरेर बर्षा गराईएको छ । ग्लोबल टाइम्सका अनुसार कम्तीमा दश प्रान्तमा यो प्रविधि मार्फत बर्षा गराईएको छ ।

जहाज मार्फत सबै भन्दा पहिला बायुमण्डलमा बादल छर्ने र त्यसपछि बर्षा गराउने गरिएको र यसले विश्व जलवायु प्र्रणालीमा कुनै पनि असर नपर्ने चीनको मौसम विज्ञान विभागले जनाएको छ ।

यो वादल पठाईएपछि सिचुवान लगायत विभिन्न प्रान्तको तापक्रम ९.२ डिग्री सेल्सियस सम्म झरेको छ । यसरी वादल पठाईएपछि कित्रिम बर्षा समेत गराईएको सिसिटिभीले उल्लेख गरेको छ । करीब ६ सय वर्ग किलोमिटरमा बर्षा गराईएको छ ।

यही अगष्ट महिनामा चीनले हिट वेभको सामना गर्न ९१ क्लाउड फ्लाईटस मार्फत २६० घण्टा वायुमण्डलमा बादल पठाएको छ ।
एक लाख १६ हजार पानी बम, २५ हजार पानी रकेट, २ हजार फ्लेयर मार्फत बर्षा गराईएको समाचार छ ।
अत्याधिक तातो हावा चल्नुका साथै चरम गर्मीका बीच हिमाली र पहाडी क्षेत्रमा बन डढेलो समेत बढेपछि चीनले यसको सामना गर्न क्रितिम बादल र वर्षा मार्फत प्रतिरोध गरेर जनजीवन सहज बनाउने प्रयास गरेको समाचारमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी