सिन्धुली ३१ साउन । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापती अरुण राज सुमार्गीले व्यावसायीक कृषि र त्यसको बजारीकरण नै अहिलेको मुख्य आवश्यक्ता भएको बताएका छन् ।
सिन्धुली उद्योग बाणिज्य संघको साधारण सभालाई संवोधन गर्दै सुमार्गीले आफु अहिले कृषिलाई व्यावसायिक बनाउने अभियानमा नै लागिपरेको बताए । त्यसका लागी सय किसान अभियान समेत चलाएको जानकारी दिए । अभियान मार्फत देशभर रहेका व्यावसायिकलाई जोड्ने र उत्पादन देखी बजारीकरण सम्ममा काम गर्ने योजना सहित लागि परेको उनले बताए ।
अभियान कै क्रममा यस वर्ष अर्थमन्त्रीसँग बजेट भन्दा अगाडिनै सल्लाह गरेर वितरण मुखी अनुदान कार्यक्रम हटाई उत्पादन पछिको अनुदान र सहुलियत ऋणमा बजेट राखिएको सुमार्गीको भनाइ छ । नेपालमा कृषि उत्पादनको उच्च संभावना भएकाले सहि र उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन बृद्धी गर्न सकिनेमा आफु विस्वस्त भएको उनले बताए ।

अभियानकै क्रममा काम गर्दा संयुक्त राष्ट्र संघको Autonomous Intergovernmental Institution for the useof Micro–algae Spirulina Against Malnutrition (IIMSAM) संस्थाले आफुलाई मानार्थ सल्लाहकार राखेकाले अझ काम गर्न सहज हुने उनले बताए । कृषि उद्यम केन्द्रमा आफु आउँदा सबै तिर बेरुजु थियो त्यो सबै मिलाउँदा मिलाउँदै धेरै समय लागेको अब द्रुत गतिमा काम गर्न आफु लागि परेको पनि सुमार्गीले बताए ।