किशानलाई धनी बनाउन देशभरी अभियानै चलाईरहेका छौँ : सुमार्गी

किशानलाई धनी बनाउन देशभरी अभियानै चलाईरहेका छौँ : सुमार्गी

  • शुक्रबार, साउन २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन २०,सिमरा । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपालमा कृषिलाई कसरी उद्यमशिलतातिर अघि बढाउने,किसानलाई कसरी धनि बनाउने भन्ने उदेश्य बोकेर देशभर अभियानमा लागिरहेको बताएका छन् ।

जितपुरसिमरा उद्योग बाणिज्य संघको ५ औँ स्थापना दिवस तथा विशेष समारोहलाई सम्बोधन गर्दै सुमार्गीले आफु कृषि उद्यम केन्द्रमा रहिन्जेल अन्य विषयका कार्यक्रममा कम सहभागी भएको बताएका थिए ।

उनले नेपालमा कृषिको सम्भावना र कृषिको आधुनिकिकरणमा सबैलाई समेटेर लैजान खाजेको समेत बताए । सुमार्गीले आफु एइसीमा रहदा कृषिमा गेमचेन्जर योजना अघि सारेको बताए ।

सुमार्गीले केही समयभित्रै कोरियामा नेपाली किसानलाई कृषि तालिम र सिप प्रदान गर्ने उदेश्यले कोरियासंग सहकार्य अघि बढेको र केही समयभित्रै सम्झौतापछि कार्यान्वयनमा जाने बताए ।

उनले नेपाली किसानको छनोट जिल्लारनगरले गर्ने समेत बताए । सुमार्गीले जिल्ला नगर उद्योग संघलाई बलियो बनाउन आफुले विभिन्न कार्यक्रम अघि सारेको समेत जानकारी दिए । उनले सय किसान अभियान अन्तर्गत विभिन्न स्थानमा कृषिको अनुसन्धान तथा उत्पादन भैरहेको समेत उनले बताए । सभापति सुमार्गीले सरकारले कृषिमा नयाँ उत्पादन र प्रविधि खोज्न नसकेको बताए ।

जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र रामचन्द्र सांघाई,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, लालबन्दी उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार बालङ्खी,रौतहट उद्योग बाणिज्य महासंघका अध्यक्ष पण्डित जैसवाल, कृषि उद्यम केन्द्रका उपसभापति गोपाल केडिया, उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, विरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष डा सुभोधकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो । मधेस प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री शत्रुधन महतोले कार्यक्रमको उद्दाटन गरेको थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी