बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा कृषि अनुसन्धान, प्रसार र शिक्षा बीच प्रत्यक्ष समन्वय र सहकार्य गरी कृषि अनुसन्धानवाट प्राप्त नतिजालाई किसानको खेतवारीसम्म पुर्याई किसानको समस्या हल गर्न, किसानले कृषि कर्म गर्दा भोग्नु परेका समस्या र समय अनुसारका प्रविधि ज्ञान सीपलाई समेत ध्यान दिई अनुसन्धान सगँ जोड्न र कृषि पशुपन्छी व्यवसायलाई व्यवहारीक बनाई दीगो कृषि विकासको लागि मन्त्रालयले अनुसन्धान, प्रसार र शिक्षा (REE) Forum गठन गरेको छ ।
मन्त्रालयका सचिवका संयोजकत्वमा रहने यो फोरमको पदाधीकारी संरचना निम्न अनुसार रहनेछ ।
सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश – संयोजक
प्रमुख, कृषि विकास निर्देशनालय, बागमती प्रदेश -सदस्य
निर्देशक, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश -सदस्य
प्रतिनिधि, कम्तिमा क्याम्पस प्रमुख/सह-प्राध्यापक, कृषि विश्वविद्यालयहरु (३ जना) -सदस्य
प्रतिनिधि, बैज्ञानिकस्तर, नेपाल कृषि अनुसन्धान परिषद(कृषि र पशुपन्छी गरी २जना) -सदस्य
प्रमुख, कृषि विकास महाशाखा, मन्त्रालय -सदस्य
प्रमुख, योजना तथा अनुगमन महाशाखा, मन्त्रालय -सदस्य
प्रमुख, पशुपन्छी विकास महाशाखा, मन्त्रालय -सदस्य
कृषक प्रतिनिधि, मन्त्रालयवाट मनोनित एक जना महिला सहित २ जना -सदस्य
अधिकृत, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश -सचिव
REE Forum को बैठकमा सम्बन्धित विषयका बढीमा ३ जना विज्ञहरुलाई आमन्त्रण गर्न सकिनेछ ।
REE Forum को बैठक हरेक महिना मन्त्रालयमा बस्नेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडाको योजना तथा अनुगमन महाशाखाले REE Forum को सचिवालय को रुपमा कार्य गर्नेछ ।
REE Forum को काम, कर्तव्य र अधिकार
- कृषि अनुसन्धान, प्रसार र शिक्षा क्षेत्रमा भईरहेका गतिविधिहरुको समिक्षा गर्ने,
- मन्त्रालयलाई दीगो कृषि विकासको लागि पृष्ठपोषण गर्ने,
- कृषि क्षेत्रमा देखिएको समस्याको पहिचान गर्दै दिर्घकालिन समाधानका उपायहरु बारे विचार विमर्श गर्ने,
- समन्वय र सहकार्यको आधारहरु तयार पार्ने,
- मन्त्रालय र मातहतका कार्यालयहरुवाट सम्पादन भएका कार्यक्रमहरु अनुसन्धान, शिक्षा र प्रसारसगँ जोडन भूमिका निर्वाह गर्ने,
- कृषि क्षेत्रमा नयाँ कुनै प्रकारको रोग एवम् समस्या देखिएमा तत्काल समाधान गर्न समन्वय र पहल गर्ने,
- कृषि अनुसन्धान प्रसार र शिक्षा सम्बन्धि रणनिती र योजना तयार गर्ने ।
यसले अनुसन्धान र अनुभवलाई कृषक सम्म पुर्याउने र कृषकका समस्या समाधान गर्न मुख्य ध्यान दिने मन्त्रालयले जनाएको छ ।