उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत

उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट पुरस्कृत

  • सोमवार, साउन १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भक्तपुर, १५ साउन ।

घर तथा भवनको उत्कृष्ट डिजाइन गरेका आर्किटेक्ट डिजाइनर आइतबार भक्तपुरमा पुरस्कृत भएका छन् । क्रानिअफिसियल सेन्टर नेपाल सीएफसीले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट डिजाइनर पुरस्कृत भएका हुन् ।

व्युल्डिङ फेस व्युल्डिङ फ्युचर भन्ने नाराका साथ भएको इन्क्लुसिभ डिजाइन कम्पिटिशनमा उत्कृष्ट तीन जना नगदसहित पुरस्कृत भएका हुन् ।

उनीहरूलाई सीएफसी नेपालका संस्थापक अध्यक्ष डा। सुनिल साह, चर्चित गायक योगेश अमात्य, नेकका प्रिन्सिपल प्रा। डा। हरिकृष्ण श्रेष्ठलगायतले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा हिमाल रोकाया पहिलो उत्कृष्ट घोषित भए । उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे । साथै द्वितीय हुनसफल अनुश्का गैरेले ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । तृतीय हुन सफल सौरभी वर्मा शाखले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आठ जना प्रतिस्पर्धी रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी