एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता, ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव

एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता, ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ८ साउन।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।

उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् ।

गतवर्ष दर्ता भएको नयाँ उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ । नेपालमा हालसम्म दर्ता भएका उद्योगमा प्रस्तावीत लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २८ हजार ५२७ जनाले रोजगारी पाउने विभागले बताएको छ ।

गतवर्ष विदेशी लगानीमा मात्र २९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना रहेका छन् । ती उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १६ हजार ९०५ जनाले रोजगारी पाउने जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी लगानीमा २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये १८४ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ३२ अर्ब ७ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी