पुष्प खेतीका लागि नेउवा महासंघको कृषि उद्यम केन्द्र र धनगढी उपमहानगरपालिकाबीच सम्झौता

पुष्प खेतीका लागि नेउवा महासंघको कृषि उद्यम केन्द्र र धनगढी उपमहानगरपालिकाबीच सम्झौता

  • आइतवार, असार २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार २६, कैलाली । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि अनुसन्धान तथा उद्यम केन्द्र र धनगढी उपमहानगरपालिका बीच पुष्प खेती कार्यक्रम संचालन गर्न सम्झौता भएको छ ।
कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र उपमहानगरपालिका प्रमुख गोपाल हमालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा केन्द्रले फुल खेती गर्न आवश्यक पर्ने प्राविधिक व्यवस्था गर्ने,व्यवसायीक फुल खेती गर्नका लागि नयाँ जातिको फुलको बिरुवा निशुल्क वा सहुलियत मुल्यमा उपलब्ध गराउने,फुल खेती गर्न आवश्यक तालिम संचालन गर्ने,उत्पादित फुलको बजारीकरण गर्न सहयोग गर्ने उल्लेख छ भने उपमहानगरपालिकाले फुल खेती गर्न कृषक,कृषक समुह वा कृषि सहकारी छनोट गर्ने,फुल खेती गर्न आवश्यक स्थान जग्गा उपलब्ध गराउने,फुल खेती गर्न आवश्यक प्राविधिकलाई यातायात खर्च र दैनिक भत्ता उपलब्ध गराउने,फुल खेती गर्न विभिन्न सस्थाहरुसंग सहकार्यको व्यवस्था मिलाउने र उत्पादित फुलको बजारीकरण गर्न सहयोग गर्ने लगायत बिषय रहेका छन् । धनगढीमा फुलको उत्पादन र धनगढीलाई फुलको शहर बनाउन केन्द्रले उपमहानगरपालिकासंग सहकार्यको सुरुवात गरिएको केन्द्रका सभापति सुमार्गीको भनाई छ ।

केन्द्रले भविष्यमा थप कार्यक्रमलाई समेत जोड्दै लैजाने योजना बनाएको जानकारी दिदैँ सुमार्गीले भैरहवाका फुल कृषक रमेश पाण्डे र नुवाकोटका रामशरण बानियाँलगायत पुष्प विज्ञहरूलाई पनि सो कार्यमा जोड्ने बताए ।
सम्झौतापत्रमा हस्ताक्षरपछि उपमहानगरपालिका प्रमुख हमालले केन्द्रसंग सहकार्य गर्न पाउदा खुशी व्यक्त गरे । उनले धनगढीलाई फुलमा आत्मनिर्भर बनाउन आफू लागि परेको समेत बताए ।

सो क्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कल्पना गैरे,बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष दानबहादुर सुर्मेली,जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा,मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटवाल लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समय कागज र प्लास्टिकका फुलले बजारमा पकट जमाउदैँ गएपछि सरकारले समेत कृतिम फूल आयातलाई रोक्नेगरी नीति बनाउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा फूल खेतीललाई प्रोत्साहन गर्ने गरी गरीएको उक्त समझदारीले कृषकलाई मात्रै नभएर मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने र कृतिम फूलको आयातमा कमि हुने देखिन्छ ।

अत्तरिया उद्योग बाणिज्य संघको भवन अवलोकन

सभापति सुमार्गीले अत्तरियामा बन्दै गरेको अत्तरिया उद्योग बाणिज्य संघको भवन पनि निरीक्षण गरेका छन । उनले निर्माणाधीन भवनलाई आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितको टिमले सुमार्गीलाई स्वागत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी