असार २० काठमाण्डौँ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार शुरु हुन लागेको हो ।
एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्ने भएको छ । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना नियुक्त भईसकेका छन् । दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline