अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कालोबजारी ऐन

अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कालोबजारी ऐन

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ, २९ वैशाख ।
विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगलाई कानुनी कार्बाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको आवधिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन गरेको अभियोगमा उनीहरुलाई कालोबजारी ऐनअनुसार कानुनी कार्बाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । लेवल नराखी बिक्री वितरणमा ल्याइएका १९ र अखाद्य बस्तु उत्पादन गरेका ४५ उद्योगलाई कालोबजारी ऐन २०३२ ले हदैसम्मको कारबाही अन्तर्गत १० वर्षसम्म कैद र जरिवाना तोकेको छ ।

महर्जनका अनुसार विभिन्न शीर्षकमा भइरहेको र अखाद्य बस्तु उत्पादन गर्ने, दालमोठ, मिट मसला, सब्जी मसला, मिक्स मसला, मसलाजन्य बस्तु जिराको धुलो, मुसुराको दाल, घ्यू, दूध तथा दुग्धजन्य पदार्थ, आयातित तोरीको तेल, प्रशोधित पिउने पानी, स्टिम नुडल्स्, जिराको धुलो, चियालगायतको धुलो उद्योगलाई कारबाही गरिने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी