लेक लागे भेडी गोठ

लेक लागे भेडी गोठ

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

मनाङ, २० चैत । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

गर्मी बढेपछि हिमपात नहुने भएकाले बेसीबाट लेकतर्फ चौँरी तथा भेडी गोठ सारिएको हो । गर्मी लागेपछि बेसीमा अन्न बाली लगाउने समय हुने तथा चरन क्षेत्रमा घाँस सकिँदै जाने भएकाले पनि चौँरी तथा भेडाहरु बेसीबाट लेकतिर जान खोज्ने गरेको पशुपालक व्यवसायी बताउँछन् । त्यस्तै लेकमा जाडो बढेपछि पशुहरु बेसीतर्फ झर्न चाहने गरेको उनीहरु बताउँछन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने चौँरी तथा भेडाले धेरै चिसो पनि सहन सक्दैनन् भने बढी गर्मीमा पनि बस्न रुचाउँदैनन् । परम्परागत पशुपालन व्यवसायमा लागेका चामे गाउँपािलका–१ तिमाङका कान्छा गुरुङ चरन क्षेत्र हेरी घुम्ती गोठ बनाउँदै जेठसम्ममा करिब चार हजार मिटरको उचाइसम्म चौँरी तथा भेडी गोठ पु¥याउनुपर्ने बताउनुहुन्छ ।

चौँरी तथा भेडालाई बहुउपयोगी जनावरका रूपमा लिने गरिन्छ । चौँरीको दूधबाट चीज, मखन तथा छुर्पी बनाइन्छ भने भेडाको ऊनबाट कम्मल, राडी, स्विटर बनाउन प्रयोग गरिन्छ । भेडाको घ्यू औषधिका रूपमा पनि प्रयोग गरिन्छ । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्यरूपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेसा मानिएको चौँरी तथा भेडा पालन व्यवसायलाई तीनै तहका सरकारले यथोचित सहयोग गरेमा वैदेशिक रोजगारको मोहका कारण सङ्कटमा पर्दै गएको यस पेशामा संलग्न व्यवसायीहरुको आयआर्जनमा सहयोग पुग्ने विज्ञहरु बताउँछन् । सरकारले यस पेशालाई विस्थापन हुनबाट जोगाउनुपर्ने अवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी