नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

  • सोमवार, माघ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।
फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्रीहरु आज सोमबार एक कार्यक्रमका बीच वितरण गरिएको हो ।

कार्यक्रममा किसानहरुका लागि ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री, तथा तरकारी खेती नमुना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामग्री वितरण गरिएको छ ।

यस्तै भकुण्डेबेशीमा रहेको कृषि उपज संकलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने क्रेट १०० वटा वितरण गरिएको छ । इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरिएको हो ।
नगर प्रमुख टी।पी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं। ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं। ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, कृषि समितिका संयोजक एवं वडा नं। ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं। १० का अध्यक्ष रामकृष्ण उपाध्याय लगायतले किसानहरुलाई ती सामग्री हस्तान्तरण गरेका थिए । कृषि सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले विगतमा पनि यसैगरी कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताए । आयोजनाबाहेक नमोबुद्ध नगरपालिकाले यस बर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाअन्तर्गत चालु आर्थिक बर्षमा वडा नं। ३ र वडा नं। १० मा कृषि सिकाई केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । यो आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आवद्ध छन् । आयोजनाअन्तर्गत नै नगरपालिकाको भकुण्डेबेशीमा गत बर्षदेखि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी