कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग

  • शुक्रबार, पुस ३०, २०७८
  • दिलमाया शाही

  • 13.4K
    SHARES

जुम्ला, ३० पुस । राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ,ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ ।

कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ(ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ(ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएको हो ।

तिला गाउँपालिका(८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेश हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ । यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेको छैन । उनले भने, ुबजारीकरण गर्न कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हौं ।ु

कर्णालीमा उत्पादित स्याउ(ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए । उनले भने, ुकृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा पनि भाउ पाइँदैन ।ु

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो । २०७७ भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो ।

यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी