नेपाल कृषि अर्थशास्त्र समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः डा. योगेन्द्रकुमार कार्की

नेपाल कृषि अर्थशास्त्र समाजको नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः डा. योगेन्द्रकुमार कार्की

  • आइतवार, पुस २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २५ पुस । डा. योगेन्द्रकुमार कार्की नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनः चयन भएका छन् । कृषि विभागको सभाहलमा आज सम्पन्न समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट कार्की अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
डा. कार्की यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका थिए । नेपाल कृषि अर्थशास्त्र समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको प्रमुख आथित्यतामा भएको साधारणसभाले समाजको नयाँ नेतृत्व चयन गरेको हो ।

सो क्रममा मन्त्री यादवले सरकार सधै कृषकको पक्षमा रहेको बताए
उनले भने, सरकारले किसानका उत्पादनलाई सरकारले न्युनतम मूल्य समयमै तोक्ने र बिक्रि नभएका उपजलाई सरकारले नै खरीद गर्ने हो भने कृषि पेशाले सार्थकता पाँउने छ ।

नेपाल कृषि अर्थशास्त्र समाज अवकाशप्राप्त कृषि विज्ञहरुको एउटा साझा थलो भएको र सबैले कृषि क्षेत्रको विकासलाई आ आफ्नो तर्फबाट सुझाव, सल्लाह र प्रतिक्रिया दिइरहन समेत मन्त्री यादवले आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी