मेडिकल कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षामन्त्री एक्सनमा, २४ घण्टा भित्र रिपोर्ट दिन निर्देशन, शुल्क बढी लिए तत्काल कार्बाही

मेडिकल कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षामन्त्री एक्सनमा, २४ घण्टा भित्र रिपोर्ट दिन निर्देशन, शुल्क बढी लिए तत्काल कार्बाही

  • बिहिबार, पुस २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, २२ पुस । मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पोडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका मन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा। रतिन्त्रनाथ श्रेष्ठसँग विद्यार्थीको आन्दोलन र कलेजले बढी शुल्क लिएको भन्ने विषयमा जानकारी लिएका थिए ।

सो क्रममा प्रिन्सिपलले आफूहरुले बढी शुल्क नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या भएको पटक पटक मन्त्रीसँग गुनासो गरे ।

यसपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई विद्यार्थीका प्रतिनिधि, अभिभावक र कलेजका प्रतिनिधिबीच छलफल राखेर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिए ।

साथै मन्त्री पौडेलले आफूहरूले शुल्क बढी नलिए प्रमाणित गर्न प्रिन्सिपल श्रेष्ठलाई चुनौती पनि दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता गराउने भएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी