मन्त्री भएको दश दिनमै ५१ बुदे मार्गचित्र ल्याए बागमतिका कृषिमन्त्री हुमागाँईले

मन्त्री भएको दश दिनमै ५१ बुदे मार्गचित्र ल्याए बागमतिका कृषिमन्त्री हुमागाँईले

  • बिहिबार, पुस १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताउनुभएको छ ।मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ मा गर्न सकिने ५१ बँुदे मार्गचित्र आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यावसायिक बनाउन उक्त मार्गचित्र निर्माण गरिएकोे जानकारी दिनुभयो ।

मन्त्री भएको १० दिनमा तयार पारिएको यस मार्गचित्रले काममा पारदर्शिता हुने विश्वास व्यक्त गर्दै मन्त्री हुमागाईंले यसबाट प्रदेशको आवश्यकता र मागका आधारमा अनुदानलगायत भौतिक संरचना तथा कृषकको हितका लागि काम गरिने बताउनुभयो ।मार्गचित्रमा प्रदेशको कृषि विकास ऐन तर्जुमा, पोल्ट्री विकास बोर्ड स्थापना र रासायनिक मल भण्डारण कक्ष निर्माण गरिने रहेको छ । त्यस्तै स्वास्थ्य माटो कृषि उत्पादनको मूल बाटो अभियान सार्थक बनाउन स्थानीय तहमा माटो परीक्षणका लागि डिजिटल प्रविधि हस्तान्तरण गरिने जनाइएको छ ।

कृषि वस्तुको तोकिएको न्यूनतम मूल्यमा प्रतिकिलो दुई रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने, किसानले उत्पादन गरेको कृषिउपज बिक्री नभए न्यूनतम सर्मथन मूल्यमा खरिद बिक्री गरिने, कृषि उपकरण उद्योग स्थापनामा सहयोग गरिने र यही माघ २५देखि फागुन २ गतेसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गरिनेलगायत कार्यक्रम पनि मार्गचित्रमा उल्लेख छ । त्यसैगरी मत्स्य क्षेत्रबाट हुने उत्पादन, प्रशोधन र बजारीकरणका लागि छुट्टै मत्स्य प्रवद्र्धन नीति तर्जुमा गरिने, दुग्ध उत्पादन प्रोत्साहन अनुदानलाई समयसापेक्ष परिमार्जन गरिने, पशुपक्षी प्रयोगशाला निर्माण गरिने र कृषि तथ्याङ्कलाई व्यवस्थित गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी