नेपालको १२० देशसँग व्यापारघाटा

नेपालको १२० देशसँग व्यापारघाटा

  • सोमवार, पुस १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १२ पुस । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८-०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ ।

नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।

भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा छ । मंसिरसम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब बराबरको आयात भएको छ ।

कम्बोडिया, डेनमार्क, अल्गेरिया, स्विडेनलगातका देशसँगको वैदेशिक व्यापार भने फाइदामा छ । कम्बोडियासँगको व्यापारमा नेपालले ११ करोड ७४ लाख फाइदा गरेको छ । मंसिरसम्ममा कम्बोडियाबाट दुई करोड १४ लाख बराबरको आयात गर्दा १३ करोड ८९ लाख बराबरको निर्यात गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी