कृषि विकास बैंकको साधारणसभा २९ पुसमा, यस्ता छन् एजेन्डा

कृषि विकास बैंकको साधारणसभा २९ पुसमा, यस्ता छन् एजेन्डा

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, ८ पुस । कृषि विकास बैंकले २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

सभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेलगायतका एजेन्डा छन् ।

सभा प्रयोजनका लागि बैंकले १६ देखि २९ पुससम्म बुक क्लोज गर्नेछ । यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्रप्त गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी