भैंसी पालेरै महिनामा चार लाख आम्दानी

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

  • बुधबार, मंसिर २२, २०७८
  • सम्झना कार्की

  • 10.1K
    SHARES

सिन्धुपाल्चोक, २२ मंसिर । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूको आइडल पनि बनेका छन् ।

कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेको भैंसी पालनबाट आकर्षित भएर साँगाचोकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब ५५ लाखमा सुरू गरेको भैंसीपालनबाट अहिले माहिना मै साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् ।

सिन्धु–कुभिण्डे कृषि फर्म खडा गरेर उनीहरूले ११ वटा भैंसीबाट व्यवसाय सुरु गरेको बताए । अहिले २१ वटा भैंसी र १७ वटा पाडापाडी रहेको फर्म सञ्चालक कुमार सापकोटाले बताए । उनले भने, ‘अहिले व्यवसायिक रूपमा भैंसीपालन सुरू गरेपछि उत्पादित दूधको माग बढिरहेको छ तर भैंसीलाई दिने घाँस, दानाको महङ्गी बढेअनुसार दूधको भाउ नहुँदा दुःख लाग्छ, मल धेरै हुने भएकाले भैंसी पालनसँगै थोरै मात्रामा तरकारी पनि लगाएका छौँं ।’ दूध प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

पार्टनरसीपकै साथीहरूको जग्गामा भैंसी फर्म छ भने फर्मको नाममा भएको करिब ३६ रोपनी जग्गामा भैंसीका लागि आवश्यक पर्ने घाँस लगाएको छ । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसमअनुसारको तरकारी खेती गरेको उनको भनाइ छ । सो मलमुत्र घाँस र तरकारीमा हाल्ने गरेका छन् ।

उत्पादित दूध जिल्ला सदरमुकाम चौतारा बजारमा लगेर बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । करिब एक लाख ५० हजार हाराहारीमा खरिद गरेको भैंसीले दैनिक १४ लिटरसम्म दूध दिने गरेको छ ।

६ जनालाई रोजगारी

फर्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । उनीहरूले भैंसीलाई आवश्यक हेरचाह गर्नुका साथै दूध दुहुनेलगायतका काम गर्दै आएका छन् । दैनिक १२० देखि १२५ लिटर दूध उत्पादन गरिरहेका उनीहरूले हरेक दिन बिहानै चौतारा बजार पुर्याएर बेच्ने गरेका छन् ।

अर्का सन्चालक मधवराजले यस व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताए । परिवारसँग बसेर काम गर्दा सहज र खुसी मिल्ने उनको भनाइ छ ।

कुमार सापकोटा र माधवराज सापकोटा वैदेशिक रोजगारीबाट फर्किएका हुन् । टोपनाथ भने गाउँमै परम्परागत सैलीमा कृषि गर्दै आएका थिए । तीन युवाले सञ्चालन गरेको फर्म यो क्षेत्रकै उदाहरणीय बनेको छ। खाडी मुलुकमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने उनीहरूको अनुभव छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी