अब प्रदेश विकास बैंक खोलेर कृषकलाई धमाधम कर्जा दिर्ईन्छः मुख्यमन्त्री केसी

अब प्रदेश विकास बैंक खोलेर कृषकलाई धमाधम कर्जा दिर्ईन्छः मुख्यमन्त्री केसी

  • मङ्लबार, मंसिर १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

गुल्मी, १४ मंसिर । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता कुल बहादुर केसीले गठबन्धनले देशभर अंहकारी सत्ता बढारिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै केसीले सहिदको रगतले प्राप्त संविधान र गणतन्त्रको विरुद्ध कदम उठाउने ओलीको अहंकार तोडेर संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनको यात्रा अगाडी बढेको प्रतिक्रिया दिए ।

उनले कांग्रेससँग वैचारिक मत फरक भए पनि प्रतिगमनविरुद्ध देखिको सम्बन्धलाई अहिलेसम्म कायम राखेकै कारण केन्द्रदेखि प्रदेशसम्म एमालेले सत्ता छोड्नु परेको बताए । केसीले धुर्कोट गाउँपालिका सबै हिसाबले अब्बल देखिएकोप्रति खुसी व्यक्त गर्दै चौबिसे राज्य अब माओवादीको राज्य भएको बताए ।

सोही अवसरमा केसीले कृषि र पशुपालनको माध्यबाट समृद्ध प्रदेश निर्माण गर्न प्रदेश विकास बैंक सञ्चालनको तयारीमा रहेको बताए । ‘अरू बैंकले किसानलाई कर्जा दिन्छु भनेर दुःख दिए । अब किसानलाई प्रदेश विकास बैंकले कर्जा सरल रूपमा कर्जा दिन्छ,’उनले भने,‘हामी गफ होइन काम गर्छौ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी