गौरादहमा कृषि बजारको तयारी

गौरादहमा कृषि बजारको तयारी

  • मङ्लबार, कार्तिक ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

झापा, ३० कात्तिक । पाँच साना किसान सहकारी संस्थाले संयुक्त रुपमा गौरादह नगरपालिका–१ मा रु १५ लाख लगानी गरेर कृषि बजार सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

सहकारीमा आवद्ध शेयर सदस्य तथा स्थानीय किसानले उत्पादन गरेका अग्र्यानिक कृषिजन्य वस्तु खरिद गरेर सहकारीले बिक्री गर्ने उद्देश्यले कृषि बजार सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय लक्ष्मी उप्रेतीको १ कठ्ठा जमिन मासिक रु १२ हजार भाडा तिर्ने सर्तमा सहकारीले पाँच वर्षका लागि भाडामा लिएको महारानी झोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चीरञ्जीवी भण्डारीले जानकारीदिनुभयो ।

ती सहकारी संस्थाले किसानलाई विषादिरहित तरकारी उत्पादनका लागि तालिम दिने, किसानलाई चाहिने मल, बीउ, कृषि आँैजार उपलब्ध गराउने काम गरिरहेको उहाँले बताउनुभयो । “किसानले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या छ”, उहाँले भन्नुभयो, “किसानका उत्पादनको बजारीकरण पनि हुने र उपभोक्ताले अग्यार्निक तरकारीसमेत पाउने उद्देश्यले कृषि बजारको अवधारणा ल्याएका हौैं ।”

उहाँका अनुसार सो बजार निर्माणको अगुवाइ महारानीझोडा साना किसान कृषि सहकारीले गरे पनि गौरादह, बैगुनधुरा, जुरोपानी, कोहबरा साना किसान सहकारीको संयुक्त लगानीमा बजार निर्माण भइरहेको छ । आगामी पुसको पहिलो साताबाट सञ्चालनमा आउने बजारमा तत्काल अस्थायी संरचना निर्माण भइरहेको छ ।

उहाँले कृषि बजारमा किसानलाई चाहिने मल, बीउ, कृषि औँजारलगायतका सम्पूर्ण सामग्री एकै स्थानमा पाइने र किसानले उत्पादन गरेका सामग्रीको समेत बिक्रीमा सहज हुने अपेक्षा गरिएको बताउनुभयो । जिल्लामा सञ्चालनमा रहेका दर्जनांै कृषि सहकारी संस्थाले विभिन्न स्थानमा सुपथ मूल्यका सहकारी पसल खोले पनि कृषि बजार भने यो जिल्लाको पहिलो हुने स्थानीयवासी मीना कार्कीले बताउनुभयो ।

व्यवस्थापक भण्डारीले हाल एक कठ्ठा जमिनबाट सुरु गरेर भविष्यमा यसलाई अझ बढाउँदै लैजाने र जिल्लास्तरीय बजारको रुपमा स्थापित गर्ने लक्ष्य लिएको बताउनुभयो । महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले मात्र चक्लाबन्दीमार्फत ८० बिघामा विषादिरहित कृषिजन्य वस्तुको उपत्दान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी