शाओमी नेपालले शाओमी प्याड ५ को लन्चगर्यो

शाओमी नेपालले शाओमी प्याड ५ को लन्चगर्यो

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

यसमा वर्क स्टेसन र मनोरन्जन दुवैको लागि अल इन वान ट्याब्लेट उपलब्ध रहेको छ, प्ले हार्ड–वर्क स्मार्ट

काठमाडौं, कार्तिक २२ । शाओमी नेपाल, देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले आज शाओमी प्याड ५ को लन्चको साथ आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ। प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा लैजादै गएको शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लीक प्याड हो जसले उत्कृष्ट सौन्दर्यता पनि प्रदान गर्दछ। शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जर सहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी ज्यूले भन्नुभयोे, “शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो जुन अनुकूल छ र आवश्यकता अनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्दछ। तपाईं घरमा हुँदा वा अफिसमा हुँदा, यसको उत्पादकता–अनुकूल सुविधाहरूले तपाईं कार्यरत हुनु भएको कुरालाई सुनिश्चित गर्दछ। बिल्ट–इन लो ब्लू लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्दछ। यसको क्वालकम®स्न्याप्ड्रागन™८६० मोबाइल प्लेटफर्म र विशाल ८७२० एमएएच ब्याट्रीले यसको प्रडक्टिभिटी सुइटलाई शक्ति प्रदान गर्दछ। इमर्सिभ क्वाड स्टेरियो स्पिकरहरू भएकोले मनपर्ने टिभी कार्यक्रम हेर्नको लागि इमर्सिभ मनोरञ्जन उपकरणको रूपमा यसलाई प्रस्तुत गरिएको छ।”
शाओमी प्याड ५: धेरै समय टिक्ने एक बहुमुखी वर्कस्टेसन
तपाईंको लागि काम गर्ने उत्पादकता सुविधाहरूको प्रस्तुत गर्ने ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको साथ द्रुत फोटो खिच्नुहोस्। ब्याकक्यामेराको साथ आफ्नो डक्युमेन्टहरु सजिलै स्क्यान गरेर आफ्ना सहकर्मी वा सहपाठीहरुसँग बाँड्नुहोस्। थप लचिलोपनको लागि, स्केच वा टिपोट लिनको लागि शाओमी स्मार्ट पेनको मजा लिनुहोस्। काम जस्तो सुकै समय लाग्ने भएता पनि, शाओमी प्याड ५ को शक्तिशाली हार्डवेयरले तपाइँलाई बिनाकुनै अवरोध कुशलता पूर्वक काम गर्न सुनिश्चित गर्दछ। यसको शक्तिशाली ७ न्यानोमिटरको उच्च–कार्य क्षमता क्वालकम®स्न्याप्ड्रागन™८६०प्रोसेसर २.९६ गिगाहट्र्ज सम्मको गतिमा पुग्छ भने यसको विशाल ८७२० एमएएचको ब्याट्रीले तपाईंलाई दिनभर पावर अप रहन मद्दत गर्दछ।

जहाँ हुँदा पनि आफ्नो ध्यान कार्यमा लगाउनुहोस्
शाओमी प्याड ५ को इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्नको लागि यसको उच्च डब्लुक्युएचडी+ १२० हट्र्जको रिफ्रेस रेट प्रदान गर्दछ। ट्रु डिस्प्ले टेक्नोलोजी सँग सुसज्जित रहेको शाओमी प्याड ५ ले वातावरणीय बिजुलीमा आधारित थप सटीक र रियल–टु–लाइफ छविहरू प्रदान गर्न यसको डिस्प्लेलाई एड्जस्ट गर्दछ। सनलाइट डिस्प्लेको सपोर्टको साथ, शाओमी प्याड ५ ले प्रयोगकर्ताहरूलाई उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्दछ। जब तपाईं आफ्नो विश्रामको आनन्द लिइरहनु भएको हुन्छ, यसको १ अर्ब भन्दा बढी रङहरू भएको रंगीन डिस्प्लेले तपाईंको मनोरञ्जन अनुभवलाई बढावा दिन्छ। शाओमी प्याड ५ ले डल्बी एटमस®द्वारा संचालित इमर्सिभ ध्वनि अनुभव पनि प्रदान गर्दछ।

भित्र र बाहिर दुवैतिर स्टाइलिस
चाहे घरमा होस्, विद्यालयमा होस् वा अफिसमा होस्, शाओमी प्याड ५एक स्टाइसि उपकरण हो। हल्का तौल, स्लिम डिजाइन फिचर गर्ने शाओमी प्याड ५ पोर्टेबल छ र यसलाई सहज रूपमै झोलामा राखेर हिडडुल गर्न सकिन्छ। तपाईं जहाँ भएता पनि, ट्याब्लेटको रंग र क्यामेराको डिजाइनले तपाईको आँखालाई मोहित बनाउँछ। शाओमी प्याड ५ दुई रङका विकल्पहरू, कस्मिक ग्रे र ल्युमिनिसेन्ट पर्ल वाइट रंगमा उपलब्ध रहेको छ जसमा दुवैलाई शाओमी ११ सिरिजको क्यामेरा डिजाइनसँग सुसंगत आइकोनिक रियर क्यामेरा डेको शैलीद्वारा प्रस्तुत गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी