भण्डारमै अर्बौंको धानबाली क्षति

भण्डारमै अर्बौंको धानबाली क्षति

  • सोमवार, कार्तिक २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

महेन्द्रनगर, २२ कात्तिक ।
कात्तिकको पहिलो साता सुदूरपश्चिम प्रदेशमा गएको बाढी र डुबानबाट यहाँ अर्बौंको धानबाली क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा रु चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति भएको छ ।

मन्त्रालयका सहायक सूचना अधिकृत टिकेन्द्र कुश्मीले दिएको जानकारीअनुसार कैलालीमा धानबाली लगाइएको ७८ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३५६ हेक्टरको धान पूर्णरुपमा क्षति पुगेको छ । कैलालीमा २४ हजार २५४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिमको अन्न भण्डारका रुपमा चिनिने गर्दछन् । प्रदेश कृषि मन्त्रालयले यहाँका नौवटै जिल्लामा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको लगत लिने कार्य अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

बाढीलगत्तै मन्त्रालयले प्रदेशभरको क्षति विवरण अनुमान गरेकामा यहाँ ४६ हजारभन्दा बढी हेक्टर क्षेत्रलफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाइएको छ । “कैलालीको क्षति विवरण प्राप्त भए पनि अन्यत्रको आइसकेको अवस्था छैन्”, सहायक सूचना अधिकृत कुश्मीले भन्नुभयो, “प्रदेशभरमा अन्य बालीभन्दा भित्र्याउने बेलाको धानबालीमा अर्बांैको क्षति भएको छ ।”

त्यसैगरी कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानबाली गरिँदै आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले डुबानबाट सबैभन्दा बढी क्षति यहाँको दक्षिण क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकामा परेको बताउनुभयो ।

प्रदेश कृषि मन्त्रालयले यहाँ एक हजार दुई सय हेक्टरमा लगाएको आलु, आठ हजार ६०० हेक्टरमा लगाएको तरकारी बाली, तीन हजार १७४ हेक्टरमा लगाएको तोरीवाल र एक हजार ५०० हेक्टरमा लगाएको उखुखेतीमा क्षति पुगेको जनाएको छ । बेमौसमी वर्षाबाट पीडित किसान सरकारले राहत दिनुपर्ने माग गरिरहेका छन् । सरकारले पनि क्षतिलाई वर्गीकरण गरी सोही अनरुप राहत दिने गृहकार्य गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी