अब विमानभित्रै इन्टरनेट सेवा, कुन कम्पनीले पायो अनुमती ?

अब विमानभित्रै इन्टरनेट सेवा, कुन कम्पनीले पायो अनुमती ?

  • बुधबार, कार्तिक १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १७ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ुथाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन् । अब नेपालको आकाशमा उडान गर्ने विभिन्न विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पु¥याउन सक्छन् ।”

यसअघि यात्रुले हवाई उडान भर्दा विमानभित्र मोबाइललगायतका उपकरण फ्लाइट मोडमा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । अब यस प्रकारको सेवा लिएका विमान कम्पनीले आफ्ना यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा एयरलाइन्सले खरिद गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले विमानमा यात्रा गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । गोरखापत्र दैनीकबाट।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी