अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

वासिंगटन, १० कात्तिक। अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो ।

रद्द भएसँगै चाईन टेलिकमले अमेरिकामा ६० दिनभित्र आफ्नो सेवा बन्द गर्नुपर्नेछ । कम्पनीमाथि चीन सरकारको नियन्त्रणले अमेरिकी सञ्चारमा पहुँच बढेको र बिथोलेको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।

कम्पनीमार्फत चीनले अमेरिकाबिरुद्ध गुप्तचरी र अन्य हानीकारक गतिविधि गरेको पनि उनीहरुले आरोप लगाएका छन् ।

चाइना टेलिकमले अमेरिकामा झन्डै २० वर्षदेखि सेबा दिँदै आएको छ । अमेरिकी निर्णयलाई कम्पनीले दुर्भाग्य भनेको छ ।

अमेरिकाले लाईसेन्स रद्द गरे पनि आफ्ना सेवा दिने चाइना टेलिकमले जनाएको छ ।

‘हाम्रो सेवालाई निरन्तर दिन प्राप्त सबै विकल्प प्रयो गर्नेछौ,’ चाइना टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  चाइना टेलिकम चीनको टेलिकम बजारमा बर्चश्व कायम गर्ने तीन ओटा कम्पनीहरुमध्ये एउटा महत्वपूर्ण कम्पनी हो ।

यस कम्पनीका ११० देशमा लाखौं ग्राहक छन् । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट, मोवाईलदेखि लेनलाइन टेलिफोन सेवा  उपलब्ध गराउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी