तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार ?

तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार ?

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, ८ कात्तिक । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब(करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब तीन हजार वर्षअघि मानव मस्तिष्कको आकार घटेको अध्ययनले देखाएको छ। मस्तिष्कको आकार किन बढ्ने वा घट्ने हुन्छ भन्ने तथ्य चित्रण गर्न कमिलालाई नमुनाका रूपमा अध्ययन गरिएको थियो। मानव समाजमा मस्तिष्क संकुचन सामूहिक बुद्धिको विस्तारसँग समानान्तर हुन्छ।

मस्तिष्क उद्विकासको कारण र परिणामको अध्ययन र बुझाइले हामीलाई मानवताको प्रकृति थाहा पाउन मद्दत गर्छ। उद्विकासको इतिहासको दौरानमा मानव मस्तिष्कको आकार बढेको दस्तावेजमा स्पष्टसाथ उल्लेख छ।

प्लेइस्टोसिन कालदेखि मानव मस्तिष्कको आकार घटे पनि यो तथ्यलाई कम महत्त्व दिइएको छ। यो परिवर्तन ठ्याक्कै कहिले भयो वा यो तथ्यबारे किन थाहा भएन तरु यी सवालका उचित जबाफको प्रतीक्षा गर्नै पर्छ।

‘मानव शरीरबारे आश्चर्यजनक तथ्य के हो भने प्लेइस्टोसिनकालीन पूर्वजको तुलनामा अहिले हाम्रो मस्तिष्कको आकार सानो छ। हाम्रो मस्तिष्कको आकार किन घट्यो भन्ने कुरा मानवशास्त्रीहरूका लागि ठूलो रहस्य भएको छ’, अध्ययनपछि प्रकाशित लेखका सहलेखक डार्टमाउथ कलेजका डा। जेरेमी डिसिल्भाले व्याख्या गरे। यो रहस्य खोतल्न विभिन्न प्राज्ञिक क्षेत्रका अनुसन्धाताले मानव मस्तिष्क उद्विकासको ऐतिहासिक संरचना अध्ययन गर्ने योजनामा छन्, यसबाट आएको निष्कर्ष यसअघि भेटिएका तथ्यसँग तुलना गरी भित्री रहस्य खोतलिनेछ।

‘जैविक मानवशास्त्री तथा व्यवहार पारिस्थितिकीविद् र विकासवादी न्युरोबायोलोजिस्टले मस्तिष्कको विकासबारे आफ्ना विचार आदानप्रदान गर्न सुरु गरेका छन् र प्रकृतिमा के संभव छ भनी पहिचान गर्न मानव र कमिलामाथि गरिएका अनुसन्धानले मद्दत गर्नेछन्’, बोस्टन युनिभर्सिटीका सहलेखक डा। जेम्स ट्रानिइलोले भने।

फ्रन्टियर्सको ‘इकोलोजी एन्ड इभोलुसन’ सेक्सनमा छापिएको हाम्रो मस्तिष्कको विकासबारे लेखिएको यो पेपरले अनुसन्धानको क्षेत्रमा नयाँ किरण छरेको छ।

मस्तिष्कको पछिल्लो आकार घट्यो

अनुसन्धाताले ९८५ अवशेष तथा आधुनिक मानव क्रेनियामाथि परिवर्तन बिन्दु विश्लषण ९चेन्ज प्वाइन्ट एनालिसिस०को प्रयोग गरेका छन्। यसबाट के पत्ता लाग्यो भने २१ लाख वर्षदेखि १५ लाख वर्षअघिसम्म प्लेइस्टोसिन अवधिमा मानव मस्तिष्कको आकार बढेको थियो। तर, तीन हजार वर्षअघि होलोसिन अवधिमा मस्तिष्कको आकार घट्यो। पछिल्लो यो निचोड यसअघिका भन्दा सान्दर्भिक छ।

‘अधिकांश मानिस के कुरामा सचेत छन् भने मानिससँग हाम्रो शरीरको आकारको आधारमा अनुमान गरेभन्दा अस्वाभाविक रूपमा ठूलो मस्तिष्क छ। हाम्रो गहन विकासवादी इतिहासमा मानव मस्तिष्कको आाकार नाटकीय रूपमा वृद्धि भएको छ’, ट्रानिइलोले भने, ‘तीन हजार वर्षअघि मानव मस्तिष्कको आकार घट्नुचाहिँ अनपेक्षित थियो।’

जुन बेला मानवको नयाँ प्रजाति ‘होमो’को विकास भएको थियो, संयोगवश त्यही समयमा मस्तिष्कको आकार बढेको थियो। पछि प्रविधिको विकाससँगै सन्तुलित भोजन तथा पोषण र बृहत् सामाजिक समूहको अवधारणा अगाडि बढेको थियो।

मस्तिष्कको आकार घटेको अवस्थाबारे अन्तरविषयका अनुसन्धाताको टिमले त्यसअघिको ‘एन्ट्स सोसाइटी’बाट केही नयाँ तथ्य खोतलेर नयाँ परिकल्पना ९हाइपोथेसिस०को प्रस्ताव गरेका छन्।

मानव मस्तिष्क विकासबारे कमिलाले के सिकाउँछ ?

‘हामी के प्रस्ताव गर्छौं भने सामाजिक जीवनको कारणले मस्तिष्कको आकार बढ्ने वा घट्ने किन भयो भन्ने थाहा पाउन कमिलाले विविध नमुनाहरू उपलब्ध गराउन सक्छन्। अवशेष मात्र प्रयोग गरेर मस्तिष्कको आकार बढेको वा घटेको बारेमा अध्ययन गर्न कठिन छ भन्ने थाहा भइसकेको छ’, ट्रानिइलाले व्याख्या गरे।

कर्मी कमिलाको मस्तिष्कको आकार, ढाँचा तथा कमिलाका केही क्लेड्स जस्तो कि ओसोफाइला वेभर एन्ट, अट्टा लिफकटर एन्ट वा बगैँचामा पाइने सामान्य फोर्मिका आदिमा रहेको ऊर्जाको कम्प्युटेसनल नमुना तथा संरचना अध्ययन गरिएको थियो। उक्त अध्ययनले अनुकूलीय मस्तिष्कको आकार भिन्नताका लागि समूहस्तरीय अनुभूति र श्रम विभाजन छनोट हुन सक्ने औँल्याएको छ।

यसको अर्थ यो हुन्छ कि ज्ञान सेयर गरिने वा व्यक्तिहरू विशेषज्ञ हुने सामाजिक समूहभित्रका निश्चित काममा आकार घटेर भए पनि अझै दक्ष बन्न मस्तिष्कले अनुकूलन गर्न सक्छ।

‘कमिला मानव समाज ज्यादै फरक छन् र सामाजिक विकासमा फरक रुट लिएका हुन्छन्’, ट्रानिइलोले भने, ‘तैपनि, कमिलाले मानवसँग सामाजिक जीवनका महत्त्वपूर्ण पक्ष जस्तो कि समूहगत निर्णय तथा श्रम विभाजन र आफ्नै खाद्यवस्तु उत्पादन आदिबारे सेयर गर्छन्। यी समानताले हामीलाई व्यापक रूपमा ती तत्त्वहरूका बारेमा सूचित गर्छन्, जसले मानव मस्तिष्कको आकार परिवर्तनमा प्रभाव पार्न सक्छ।’

मस्तिष्कले प्रचुर शक्ति प्रयोग गर्छन् र सानो मस्त्ष्किले थोरै शक्ति उपयोग गर्छ। तसर्थ, मानव समाजमा ज्ञान बाह्यकरणका लागि प्रशस्त सूचना संग्रह गर्न थोरै ऊर्जा जरुरी हुन्छ किनभने व्यक्तिहरूले मस्तिष्कको आकार घट्ने पक्षलाई अँगालेका हुन्छन्।

‘हामी यो प्रस्ताव गर्छौं कि यो मस्तिष्कको आकार घटुवा सामूहिक बौद्धिकता बढेपछि भएको हो। समूहको एउटा मानिस मात्र स्मार्ट हुनुभन्दा समूहका सबै मानिस नै स्मार्ट बन्नुपर्छ भन्ने जुन विचार छ, जसलाई हामी ‘भीडको विवेक’ भनेर चिन्छौँ’, ट्रानिइलोले भने।

थप डाटा उपलब्ध भएकाले हाइपोथेसिस परीक्षण गर्न लागिएको डेसिल्भाको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी